दफा ३
सामाजिक सञ्जाल प्लेटफर्म सूचीकरण
(१) सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले यस निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरण गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिम सूचीकरण गर्ने प्रयोजनको लागि मन्त्रालयले सार्वजनिक सूचना प्रकाशन “गर्नेछ।
(३) यो निर्देशिका प्रारम्भ हुनुअघि सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्म यो निर्देशिका प्रारम्भ भएको मितिले तीन महिनाभित्र मन्त्रालयमा सूचीकृत हुनु पर्नेछ।
(४) उपदफा (१) वा (३) बमोजिम सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्ने व्यक्ति, कम्पनी वा संस्थाले सूचीकरणका लागि मन्त्रालयमा अनुसूची-१ बमोजिमको ढाँचामा सोही अनुसूचीमा उल्लिखित कागजात संलग्न गरी निवेदन दिनु पर्नेछ।
(५) उपदफा (४). बमोजिमको निवेदन सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्ने व्यक्ति, कम्पनी वा संस्थाले आफैँ उपस्थित भई वा आफ्नो प्रतिनिधि मार्फत दिन सक्नेछन्। त्यस्तो निवेदन अनलाइन माध्यमबाट समेत दिन सकिनेछ ।
(६) उपदफा (४) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा विवरण मनासिब देखिएमा सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्ने व्यक्ति, कम्पनी वा संस्थालाई अनुसूची-२ बमोजिमको ढाँचामा सूचीकरण गरेको निस्सा प्रदान गर्नु पर्नेछ।
(७) यस दफा बमोजिम सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्नेछ।
तर नागरिक शिक्षा तथा सामाजिक सशक्तीकरणमा मात्र केन्द्रित भई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्मलाई यो प्रावधान लागू हुने छैन ।
(८) उपदफा (६) बमोजिम सूचीकृत सांमाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्ने व्यक्ति, कम्पनी वा संस्थाले प्रत्येक तीन वर्षमा विवरण अद्यावधिक गराउनु पर्नेछ।
(९) उपदफा (८) बमोजिम विवरण अद्यावधिक गर्नका लागि अनुसूची-३ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ।
(१०) उपदफा (९) बमोजिम प्राप्त निवेदन उपर आवश्यक जाँचबुझ गरे पछि विवरण अद्चार्वधिक गरी मन्त्रालयले सोको अभिलेख राख्नु पर्नेछ।